७ भाद्र २०८३, आईतवार
,
Latest
मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुलको तयारी मकवानपुरको कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग ईभीको तीव्र विस्तार र चार्जिङ पूर्वाधारको चुनौती देखाउँदै १८औँ ‘नाडा अटो साे २०२६’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्ससँग म्यान्चेस्टर सिटी पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा सिटी वल्भ्ससँग २–१ गोलले स्तब्ध बनेको हो ।

जारी प्रिमियर लिगमा सिटीको पहिलो हार हो ।

वल्भ्सको घरेलु मैदान मोलिनेक्स स्टेडियममा भएको खेलमा वल्भ्सले खेलको १३ औं मिनेटमा अग्रता लिएको थियो । सिटीका रुवेन डियाजले आत्मघाती गोल गरेपछि वल्भ्सले खेलमा सुरुवाती अग्रता बनाएको हो ।

५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । तर, ६६ औं मिनेटमा ह्वाङ हि चानले गोल गर्दै वल्भ्सलाई २–१ गोलको जित दिलाए ।

यो नतिजासँगै सिटी ७ खेलमा १८ अंकका साथ शीर्षस्थानमा यथावत छ । वल्भ्स भने समान खेलबाट ७ अंकका साथ १३ औं स्थानमा छ ।