५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकको ‘माइक्रो म्यानेजमेण्ट’ले पुँजीबजार समस्यामा

राष्ट्र बैंकको ‘माइक्रो म्यानेजमेण्ट’ले पुँजीबजार समस्यामा
अ+ अ-

काठमाडौँ । माइक्रो लेबलमा गएर नेपाल राष्ट्र बैंकले पुँजीबजारको ‘माइक्रो म्यानेजमेण्ट’ गर्दा पुँजीबजार नेप्सेले गति लिन सकेको छैन ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिदेखि नेपाली पुँजीबजार सम्बन्धि लिएको कडाई नीतिले बजार माथि उठ्न सकेको छैन । ३२ सयको बिन्दुमा पुगेको नेप्से परिसूचक राष्ट्र बैंकले पुँजीबजारको माइक्रो म्यानेजमेण्ट गर्न खोज्दा बजारमा निरन्तर रुपमा गिरावट आएको छ । विगत दुई वर्षदेखि निरन्तर रुपमा राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक देखिँदा पुँजीबजार लगानीकर्ता मारमा परेका छन् । पुँजीबजार लगानी कर्ताहरुले सरकार र नेपाल राष्ट्र बैंकको अस्थिर नीतिको कारण मनोबल कमजोर भएको बताउँदै आएका छन् । राष्ट्र बैंकले कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको भन्दै आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा महामारीको असर न्युनिकरण गर्न अवलम्वन गर्ने शेयर बजारलाई कडाई गरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले मार्जिन प्रकृतिको शेयर धितोकर्जामा ४/१२ को नीति लिएको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोड सीमा हटाएपनि १२ करोडको सीमा कायमै राखेको छ । शेयर बजार ४/१२ को नीतिको कारण संकटामा परेको लगानीकर्ताहरुको दाबी छ । पछिल्लो समय वर्तमान सरकार शेयर धितोकर्जाको १२ करोडको सीमा हटाउने पक्षमा सकात्मक देखिएपनि राष्ट्र बंैक आफ्नो अडानमा कायम राखेको छ । अर्थमन्त्री डा.प्रकाशरण महतले समेत सार्वजनिक कार्यक्रमहरुमा १२ करोडमा सीमा हटाउनुपर्ने बताउँदै आउनुभएको छ । अर्थमन्त्रीले समेत नेपाल राष्ट्र बैंकले पुँजीबजार र अर्थतन्त्रको माइक्रो म्यानेजमेण्ट गर्ने काम गर्न नहुने बताउनुभएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति गत साउन ७ मा आएपछि नेप्से परिसूचक ८ साउनबाट घट्न थाल्यो । मौद्रिक नीतिमा राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार घटाउने बताए पनि सोही दिन गभर्नर महाप्रसाद अधिकारीले सबै कर्जाको नभई ५० लाखसम्मको कर्जाको मात्रै जोखिम भार घटाउने बताएपछि नेप्से घट्न लागेको थियो ।

गत साउन ७ गतेदेखि असोज २ गते मंगलवारसम्म नेप्सेपरिसूचक २४१.९२ अंकले गिरावट आएको छ । पुँजीबजार लगानीकर्ता तथा जानकारहरुले पुँजीबजारको पछिल्लो गिरावटको प्रमुख कारण राष्ट्र बैंकले पुँजीबजारको ‘माइक्रो म्यानेजमेण्ट’ गर्नुभएको जिकिर गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत रहनुभइएका शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले राष्ट्र बैंकले गरेको माइक्रो म्यानेजमेण्टको कारण शेयर बजार माथि उठ्न नसकेको दाबी गर्नुभयो । उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिमा मार्जिन प्रकृतिको शेयर धितोकर्जामा १२ को नीति लिने मात्रै नभएर बैंकहरुको प्रोडक्ट कम्पनी नै किटान गरेर कर्जा दिनु भन्नु गलत भएको बताउनु भयो । उहाँले पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुको शेयर कर्जाका प्रोडक्टहरुमा समेत चासो दिने गरेको भन्दै राष्ट्र बैंकप्रति असन्तुष्टि जनाउनु भयो ।

उहाँले राष्ट्र बैंकले नै शेयर बजारमा लगानी गर्ने प्रोडक्ट पेपर बनाउने र माइक्रो म्यानेजमेण्ट गर्नेकुरा गलत भएको बताउनु भयो । पौडेलले पुँजीबजारमा कति लगानी गर्ने भन्ने विषयमा बैंकका सिइओहरु राष्ट्र बैंकका कर्मचारी जस्तो भएको पनि टिप्पणी गर्नुभयो । उहाँले नियमनकारी निकायहरुले यस्तो गर्दा पुँजीबजार तलमाथि हुनु लगानीकर्ताहरुको विमति भएको बताउनु भयो । उहाँले १२ करोडको शेयर धितोकर्जाको सीमा व्यक्तिगत लगानीकर्ताको लागि प्राप्त भएपनि संस्थागत लगानीकर्ताहरुको हकमा लागू गर्नु नेप्से परिसूचक गिरावटको प्रमुख कारण रहेको बताउनु भयो । उहाँले मार्जिन प्रकृतिको शेयर धितोकर्जामा व्यक्तिगतको लागि १२ करोड ठिक भएको भन्दै संस्थागत लगानीकर्ताको लागि पनि एउटै नीति लागू राम्रो नभएको उल्लेख गर्नुभयो ।

सार्वजनिक निष्कासन गर्ने कम्पनी १० कित्ते नीतिले गर्दा आईपीओ भर्ने २७ लाख आवेदकको पछि लागेर बुक बिल्डिङ प्रणालीमा जान खाजेकाहरु प्रिमियमतर्फ लागेको बताउनु भयो। पौडेलले संस्थागत लगानीकर्तालाई शुन्य बनाएर व्यक्तिगत लगानीकर्तालाई प्रोत्साहन गर्ने अहिलेको अवस्थालाई सन्तुलन गर्नुपर्नेमा जोड दिनुभयो । लगानीकर्ता पौडेलले शेयर बजार घट्नै हुँदैन भन्ने मास साइक्लोलोजी हुनुले बजारको आधारभुत ज्ञान छैन भन्ने बुझ्नुपर्ने बताउनु भयो । उहाँले पुँजीबजार घट्ने र बढ्ने प्रकृया प्राकृतिक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘शेयर बजार घट्न हुँदैन भनेर कसैले भन्छन् भने पुँजीबजारको विषयमा मास साइक्लोलोजीको आधारभुत ज्ञान छैन । पुँजीबजार घट्नु र बढ्नु नै सुन्दर पक्ष हो । विश्व बजारमा हेर्नुभयो भने सुनको महत्व कहिल्यै घटेको छ । सुनको महत्व नघटे पनि बजार मूल्य एकदमै चलमाथि भएको हुन्छ । त्यो पनि सुन्दर पक्ष हो । राज्यको नीतिगत अस्थिरताको कारणले पुँजीबजार घट्नु वा बढ्नु लगानीकर्ताहरुको आपत्ति हो । नेपालको पुँजीबजार किन मजबुत भएन भनेर पनि हेर्नुपर्छ । पुँजीबजारका ७ देखि ८ लाख लगानीकर्ताबाट ५७ लाखसम्मको डिम्याट एकाउण्ड बनाउँदा ५ लाख घटाउँदा ५० लाख हाराहारी हुँदा वा २७ लाख लगानीकर्ता एक्टिभ हुँदा पुँजीबजारलाई कुन स्थान दिऔं । हामीले संस्थाहरुलाई नियमन गरौं । नेपाली पुँजीबजारको सबैभन्दा खराब पक्ष त्यो थियो । २ लाखबाट २७ लाख लगानीकर्ता पुगे । मार्केटलाई कमाण्ड गर्ने र बजारलाई घटबढ हुन नदिनेहरु संस्थाहरु थिए । संस्थाहरुलाई हामीले शुन्य बनायौं । व्यक्तिलाई सरकारले प्रोमोट गरौं । त्यसमा पनि १० कित्ते नीति ल्याएर प्रोत्साहन गरौं । अहिले बुक बिल्डिङ प्रणालीमा जान खाजेकाहरु २७ लाख लगानीकर्ता देखेर प्रिमियमतर्फ लागेका छन् । बुक बिल्डिङ प्रणालीमा भएको भए भविष्यको समेत बजार मूल्याङ्कन गरेर बजार मूल्य कोट गर्ने थिए । त्यसले व्यक्तिगत लगानीकर्तालाई पनि गाइड गर्ने थियो । व्यक्ति र संस्थागत लगानीकर्तालाई राष्ट्र बैंकले गरेको नीति छ ।

व्यक्तिगत ऋणको सीमा हुन्छ । १२ करोडको सिमा व्यक्तिको लागि कम होइन । त्यही उद्देश्यले स्थापना भएका संस्थाहरुलाई पनि त्यही नीति लागू हुने हो र ? शेयर बजार घट्नुको कारण पनि यही हो । त्यस्तै राष्ट्र बैंकले गरेको माइक्रो म्यानेजमेण्टको कारण पनि हो । अहिले बैंकको सबै प्रोडक्ट जति छन् सबै यो कम्पनीलाई दिनु यो यसलाई दिनु भनेर प्रोडक्ट पेपर बनाई दिने हो पुँजीबजारको ? पुँजीबजारमा कति लगानी गर्ने विषयमा बैंकका सिइओहरु राष्ट्र बैंकका कर्मचारी जस्तो लाग्छ । यस्तो कुराले पुँजीबजार तलमाथि हुन्छ । यसमा लगानीकर्ताहरुको विमति हो । पुँजीबजार घट्नु बढ्नु स्वाभाविक हो ।’

त्यस्तै,नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजीबजारको माइक्रो म्यानेजमेण्ट राष्ट्र बैंक वा बोर्डले गर्ने विषयमा विवाद गर्न नहुने बताउनु भयो । उहाँले पुँजीबजार लागनीकर्ताहरु पुँजीबजारको माइक्रो म्यानेजमेण्टको विषयमा कन्सिस्टेन्सी (एकरुपता) हुन आवश्यक रहेको बताउनु भयो । उहाँले पुँजीबजारको विकास र बिस्तारको लागि लगानीकर्ताहरुको व्यवहारमा सोचमा र हाम्रो फिलोसोफीमा कन्सिस्टेन्सी आउनुपर्ने बताउनु भयो । उहाँले धितोपत्र बजारको रिफर्म गर्ने आँट र विज्ञता आफ्नो टिममा रहेको बताउनु भयो । उहाँलेसमग्र अर्थतन्त्रमा देखिएको निराशाले शेयर बजारमा कन्फिडेण्टमा कमी देखिएको बताउनु भयो । अध्यक्ष हमालले सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधिमा चाँडै ब्रेक थ्रु हुने बताउनु भयो । उहाँले सार्वजनिक निष्कासनमा १० कित्ते नीतिमा पनि केही पुनरावलोकन गर्ने बताउनु भयो । अध्यक्ष हमालले बजारमा संस्थागत लगानीकर्ताको अभाव भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कम्पनीको मूल्य निर्धारण बजारलाई छाड्नुपर्ने हो तर यहाँ हामी राष्ट्र बैंकको माइक्रो म्यानेजमेण्ट भयो । अर्कोतिर धितोपत्र बोर्डले माइक्रो म्यानेजमेण्ट गर्नुपर्छ भन्छौं । यसमा कुन राम्रो हो त भन्दा राम्रो भनेको कन्सिस्टेन्सी हो । हाम्रो व्यवहारमा सोचमा र हाम्रो फिलोसफीमा कन्सिस्टेन्सी आउनुपर्छ । कन्सिस्टेन्सी कहिल्यै पनि डगमगाउनु हुँदैन । शेयर बजारको बारेमा अर्थतन्त्रको बाटो र मुलुकले लिएको गलत नीति लिएको छ । पछिल्लो समय शेयर बजारमा प्रिमियम मूल्य र बुक बिल्डिङ भर्शेस भन्ने कुरा आएको छ तर त्यस्तो होइन ।

सोच्ने क्षमतामा सुधार नभएरसम्म राज्यको नीति निर्माणले परिर्वतन सम्भव हुँदैन । नेपाल जस्तो देशमा बुक बिल्डिङ प्रणालीमा धेरै समस्याहरु छन् । धितोपत्र बोर्डको प्राथमिकता बुक बिल्डिङ प्रणालीमा आइपीओ ल्याउने हो । बुक बिल्डिङ प्रणाली केही प्राविधिक कारणले अगाडि बढाउन सकेका छैनौं । तर अन्ततिर आइपुगेका छौं । नेपालको पुँजीबजारको इतिहासमा चाँडै बुक बिल्डिङले ब्रेक थु्र पाउँछ । त्यसपछि नेपाली पुँजीबजार सकारात्मक बन्नसक्छ ।’

निर्वाचनपछि बनेको नयाँ सरकारले पुँजीबजारप्रति देखाएको चासोले लगानीकर्ताहरूको मनोबल बढाएपनि बजेट तथा मौद्रिक नीतिपछि लगानीकर्ताहरु चरम निराशामा रहेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठककै निर्णयमा पुँजीबजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने भनेसँगै लगानीकर्तामा एक किसिमको आत्मविश्वास बढेपनि पछिल्लो तीन महिना शेयर बजार उच्च रुपमा गिरावट आएको छ । सरकारले नेपाली पुँजीबजारको थप विकास र बिस्तारको लागि विगतमा गरेका कडा नीति परिमार्जन गरी लगानीकर्ताको मनोबल उच्च बनाउन आवश्यक देखिएको छ ।