५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा



अ+ अ-

ब्रसेल्स। युरोपेली सङ्घ (इयू) ले सोमबार इरानको रिभोलुसनरी गाड्र्सको नौसैनिक शाखा र क्षेत्रीय कमान्डका प्रवक्तामाथि प्रतिबन्ध लगाएको छ ।

इरानसँगको अमेरिकी युद्धले प्रमुख जलमार्ग बन्द गरेको छ र विश्व बजारलाई अस्तव्यस्त बनाएको छ ।

सहकार्यका लागि २७ राष्ट्रहरूको समूह इयूले गार्डको नौसेना शाखा र सङ्गठनको हर्मोजगान प्रान्तीय कमान्डका प्रवक्ता मोहम्मद अकबरजादेहलाई कालोसूचीमा राखेको बताएको छ।

उसले इरानको तेल निर्यातकर्ता युनियनका प्रतिनिधि हमिद होसेनीलाई सम्पत्ति रोक्का र भिसा प्रतिबन्धमा राखेको पनि बताएको छ।

युरोपेली राष्ट्रहरूले मध्यपूर्वमा हाल जारी लडाइँ रोकिएपछि हर्मुजमा नौसैनिक मिसन पठाउने योजनाका लागि फ्रान्स र बेलायतको नेतृत्वमा काम गरिरहेका छन् ।

युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कलासले ‘रेड सी’ मा रहेको युरोपेली सङ्घको नौसैनिक मिसनले उक्त सैन्य मिसनमा भाग लिन सक्ने बताएका छन् । रासस