१५ भाद्र २०८३, सोमबार
,
Latest
कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु



अ+ अ-

रौतहट। रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा आज बिहान सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढीमाई नगरपालिका—९ मलाहीटोलका ४३ बर्षिय प्रमोद सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

ठक्कर दिने सवारी साधनको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको छ ।

उहाँको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । रासस