१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की



फाइल फोटो
अ+ अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

सोमवार काठमाडौं महानगरपालिकालाई ‘सडकआश्रित मानवमुक्त‘ घोषणा गर्न राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

आईजीपी कार्कीले सुरक्षा केवल अपराध नियन्त्रणमा सीमित नभई मानव जीवनका सम्पूर्ण आधारभूत अधिकारसँग जोडिएको विषय भएको बताउनु भयो ।

उहाँले मानवजीवनको भ्रूणको अवस्थादेखि सुरक्षाको आवश्यकता रहने उल्लेख गर्दै जन्मपछि शिक्षा, स्वास्थ्य, खाद्य तथा सम्मानजनक जीवन बाँच्न पाउने अधिकारको सुनिश्चितता पनि सुरक्षाकै अभिन्न पक्ष भएको धारणा राख्नुभयो ।

उहाँले कुनैपनि नागरिक स्वास्थ्य उपचार नपाएकै कारण दुःख पाउन वा ज्यान गुमाउन नपरोस् भन्नेतर्फत सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले समाजमा मानवतामूलक सुरक्षा प्रवद्र्धन गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकले खासगरी सुरक्षाको सम्बन्धमा नठगियोस, नलुटियोस्, दुर्घटनामा नपरोस् भन्ने कुराको कामना गरेको हुन्छ । त्यति मात्रै पनि सुरक्षा होइन । सुरक्षाको कुरा गर्दा हामी बृहत्तर मानवीयताको कुरा गर्छौँ । मानवभित्र भ्रुणमै पनि सुरक्षाको कुरा छ । जन्मेपछि शिक्षा, स्वास्थ्य, खाद्यको सुरक्षाको कुरा छ । सम्मानजनक जिउने कुराको पनि सुरक्षाको कुरा छ । सम्मानजनक रुपमा जिउन पाउने विषयमा हाम्रा क्रियाकलापले पनि त्यो वातावरण सिर्जना गर्छ । अहिले हामी सबैले सम्मनपूर्वक बाँच्नको लागि नेपालमा भेटिएको कोही मान्छे स्वास्थ्य उपचार नपाएको कारणले दुःख पाउन, मृत्युवरण गर्न नपरोस्, शिक्षाको कमी भएको कारणले लुटिने वा ठगिने अवस्था नबनोस् । खाद्यको अभावको कारण कुपोषण हुन नपरोस् । पहिले डराउनुपर्ने जंगली जनावरसँग थियो होला, अहिलेको समयमा त मान्छेसँग नै डराउनुपर्छ । कम्तिमा पनि मान्छेसँग डराउनुपर्ने दिन नआओस् ।’

विगतमा मानिसले जंगली जनावरबाट डराउनुपर्ने अवस्था भएपनि अहिले मानिसले मानिससँगै डराउनुपर्ने परिस्थिति देखिनु दुःखद् भएको भन्दै उहाँले मानिसले मानिसबाटै असुरक्षित महसुस गर्नुपर्ने कुराको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल