७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा

काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा
अ+ अ-

काठमाडौँ। मानवसेवा आश्रमको सहकार्यमा काठमाडौं महानगरपालिका ‘सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन तथा सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ ।

काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रधान कार्यालयको सहकार्यमा सोमवार एक कार्यक्रमकाबीच उक्त घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंमा देशका विभिन्न भागबाट शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कारण मानिसहरू निरन्तर आउने भएकाले सडकआश्रित तथा सहयोगापेक्षी नागरिकमुक्त शहर बनाउने अभियान चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले सडकमा आश्रय लिन बाध्य भएका, बेसहारा तथा सहयोगको आवश्यकता भएका नागरिकहरूको व्यवस्थापन सहज काम नभएपनि सरकार, सम्बन्धित निकाय र नागरिकबीचको सहकार्यले सम्भव भएको बताउनुभयो ।

उहाँले महानगरले स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्ने क्रममा मानव सेवा फाउन्डेसनलगायत विभिन्न संस्थासँग सहकार्य गरिरहेको जानकारी दिँदै सडकमा असहाय वा सहयोगापेक्षी व्यक्ति भेटिए महानगरको कल सेन्टरमा जानकारी गराउन नागरिकलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं मुलुकको संघीय राजधानी भएकोले देशका विभिन्न भागबाट यहाँ मानिसहरु आउनुहुन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायत विभिन्न कारणले देशभरबाट मान्छेहरु यहाँ आउनुहुन्छ ।

त्यसैले पनि यहाँ सडक सहयोगापेक्षी मानवमुक्त गर्नु निकै जटिल छ । यो कुरा हामीले मनन गरेका छौँ । यो सहज छैन भन्नेकुरा हामीले आत्मसाथ पनि गरेका छौँ ।

यद्धपी यो निकै नै धेरै चुनौतीपूर्ण भएतापनि सरकार, सम्बन्धीत निकाय र नागरिक एक ठाउँमा उभिएपछि कठिनभन्दा कठिन काम पनि निकै सहज बन्ने गर्दछ ।

काठमाडौं महानगरपालिकाले स्थानीय सरकारको भूमिका निर्वाह गरिरहँदा मानव सेवा फाउन्डेसनलगायत अन्य निकायहरुसँग समेत सहकार्य गरिरहेका छौँ । यदि तपाईले सडकमा कोही असहाय, र सहयोगापेक्षी नागरिकब देख्नुहुन्छ भने काठमाडौं महानगरको कल सेन्टरमा सम्पर्क गर्नुहोला ।’

महानगरपालिकाले सडकमा आश्रय लिएर बस्ने, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूको उद्धार, संरक्षण र पुनस्र्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै महानगरलाई सडकआश्रित मानवमुक्त घोषणा गरेको हो । –न्युज एजेन्सी नेपाल