२४ भाद्र २०८३, बुधबार
,
Latest
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने



अ+ अ-

काठमाडौँ । आज अर्थात असोज १ गतेदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको छ । राहदानी विभागले आइतबार एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने बताएको हो।

विभागमा यसअघि ६६ पृष्ठको राहदानीका लागि मात्र आवेदन दिन सकिन्थ्यो। गत असारमा ३४ पृष्ठको राहदानी सक्किएपछि विभागले ६६ पृष्ठको राहदानी वितरण गर्दै आएको थियो । ६६ पृष्ठको शुल्क पनि ५ हजार रुपैयाँ नै बनाएर विभागले त्यही राहदानी दिइरहेको थियो।

अहिले ६६ पृष्ठको राहदानी सकिएको छ र अब केही समय ३४ पृष्ठको राहदानीमात्र विभागले उपलब्ध गराउने छ।

विभागका अनुसार आइतबारसम्म आवेदन दिएकाहरूले पनि ६६ पृष्ठको राहदानी पनि पाउने छन्।