२१ कार्तिक २०८२, शुक्रबार
,
Latest
अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने



अ+ अ-

काठमाडौँ । आज अर्थात असोज १ गतेदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको छ । राहदानी विभागले आइतबार एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने बताएको हो।

विभागमा यसअघि ६६ पृष्ठको राहदानीका लागि मात्र आवेदन दिन सकिन्थ्यो। गत असारमा ३४ पृष्ठको राहदानी सक्किएपछि विभागले ६६ पृष्ठको राहदानी वितरण गर्दै आएको थियो । ६६ पृष्ठको शुल्क पनि ५ हजार रुपैयाँ नै बनाएर विभागले त्यही राहदानी दिइरहेको थियो।

अहिले ६६ पृष्ठको राहदानी सकिएको छ र अब केही समय ३४ पृष्ठको राहदानीमात्र विभागले उपलब्ध गराउने छ।

विभागका अनुसार आइतबारसम्म आवेदन दिएकाहरूले पनि ६६ पृष्ठको राहदानी पनि पाउने छन्।