७ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा दर्शकको अभावः १० प्रतिशत सिट मात्रै भरियो



अ+ अ-

एजेन्सी । एसिया कप २०२३को फाइनल आज आइतबार हुँदैछ । श्रीलंका र भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । श्रीलंका क्रिकेट बोर्ड प्रेमदासा रंगशालामा दर्शकको भीड खचाखच हुनेमा आशावादी छ ।

श्रीलंकामा भएका धेरैजसो खेलमा धेरै कम फ्यानहरू उपस्थित भएका छन् । श्रीलंकाका एक खेलकुद पत्रकारले स्टेडियममा फ्यान कम आउनुको कारण टिकटको मूल्य बढेको बताएका छन् ।

उनका अनुसार श्रीलंकामा सामान्यतया सस्तो टिकट ६५ रुपैयाँमा पाइन्छ तर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले श्रीलंकामा टिकटको मूल्य बढाएको थियो । सुपर–४ खेलको सस्तो टिकट पनि १५४५ रुपैयाँमा उपलब्ध थियो । जसका कारण निकै कम दर्शकले खेल हेर्न पाएका थिए ।

पूरै प्रतियोगितामा १० प्रतिशत मात्र सिट भरिएको उनी बताउँछन् । यसैबीच, पीसीबीले फाइनलको टिकटको मूल्य घटाएको छ । रंगशालाको क्षमता ३५ हजार रहेकोमा श्रीलंकाको खेल हेर्न ४–५ हजार मात्रै फ्यान आएको बताइन्छ ।

सेप्टेम्बरमा कोलम्बो र पल्लेकेलेमा अन्तर्राष्ट्रिय म्याच आयोजना गरेकोमा स्थानीय तथा विदेशी सञ्चार माध्यमबाट निकै आलोचना भएको थियो । यस अवधिमा अधिकांश खेल वर्षाका कारण पूरा नहुने आशंका व्यक्त गरिएको थियो । तर सुपर–४ का सबै ६ खेल सम्पन्न भए, जसको धेरै श्रेय कोलम्बोको आर प्रेमदासा स्टेडियमका ग्राउन्ड स्टाफलाई जान्छ ।

आइतबार श्रीलंकाले १३ औं पटक र भारतले ११ औं पटक एसिया कपको फाइनल खेल्दैछन् । एकदिवसीय ढाँचामा जारी १५ औं एसिया कपको आठौं पटक फाइनलमा भारत र श्रीलंका आमनेसामने हुँदैछन् । तर, फाइनलमा श्रीलंकाविरुद्ध भारतीय टोली बढी सफल भएको छ ।

प्रतियोगिताको फाइनलमा दुवै टोली अन्तिम पटक २०१० मा आमने सामने भएका थिए । उक्त खेलमा भारत विजयी भएको थियो । यी दुवै टोली १३ वर्षपछि एसिया कपको फाइनलमा एकअर्कासँग भिड्दैछन् ।