२७ मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशले भारतलाई दियो २६६ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एसिया कपको अन्तिम सुपर–४ खेलमा बंगलादेशले भारतलाई जितका लागि २६६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको हो ।

कोलम्बोको आर प्रेमदासा स्टेडियममा पहिले ब्याटिङमा आएको बंगलादेशको सुरुवात खराब रह्यो । टोलीले २८ रनमा शीर्ष ३ विकेट गुमाएको थियो । टोलीले १० ओभरमा ४४ रन बनाएको थियो ।

नम्बर ४ मा खेल्न आएका बंगलादेशका कप्तान शकिब अल हसनले आफ्नो एकदिवसीय करियरको ५५ औं अर्धशतक बनाए । उनले ६५ बलमा अर्धशतक पूरा गरे । शकिबले ८५ बलमा ८० रनको इनिङ खेले । शकिबले ९४.१२ को स्ट्राइक रेटमा रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, तौहीद हृदयले आफ्नो एकदिवसीय करियरको पाँचौं अर्धशतक बनाए । उनी ५४ रन बनाएर आउट भए । उनलाई मोहम्मद शामीले तिलक वर्माको हातमा क्याच आउट गरेका थिए । तौहिदले ८१ बलको इनिङ्समा ६६.६७ को स्ट्राइक रेटमा रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

५९ रनमा मेहदी हसन मिराजको विकेट गुमाएपछि कप्तान शकिब अल हसनले तौहिदसँग ५औं विकेटका लागि शतकीय साझेदारी गरे । दुवैले ११५ बलमा १११ रनको साझेदारी गरे । यो शतकीय साझेदारीलाई शार्दुल ठाकुरले शकिबलाई आउट गरेर तोडेका थिए ।

भारतीका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । मोहम्मद शामीले २ विकेट लिए ।

भारतीय कप्तान रोहित शर्माले खेलमा ५ परिवर्तन गरेका छन् । विराट, हार्दिक, बुमराह, सिराज र कुलदीपलाई विश्राम दिइएको छ भने तिलक वर्मा, प्रसिद्ध कृष्ण, सूर्यकुमार यादव, मोहम्मद शामी र शार्दुललाई मौका दिइएको छ ।