२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध बंगलादेशलाई दोस्रो झट्का



अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को अन्तिम सुपर–४ खेल भारत र बंगलादेशबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । भारतले टस जितेर फिल्डिङ रोजेको छ ।

पहिले ब्याटिङ गरेको बंगलादेशले ३.१ ओभरमा दुई विकेट गुमाएर १५ रन बनाएको छ । अनमुल हक र शकिब अल हसन क्रिजमा छन् ।

तान्जिद हसन तमिम १३ रन बनाएर आउट भए । उनलाई शार्दुल ठाकुरले बोल्ड गरे । यसअघि मोहम्मद शामीले विकेटकिपर लिटन दास (० रन) लाई बोल्ड गरेका थिए ।

भारतका तिलक वर्माले यसै खेलबाट डेब्यु गरेका छन् । उनलाई कप्तान रोहित शर्माले क्याप दिए । वर्माले गत महिना वेस्ट इन्डिजविरुद्ध टी–२० डेब्यु गरेका थिए ।