७ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीले फ्रान्सलाई हरायो



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले जित निकालेको छ । गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले पराजित गरेको हो ।

डर्टमण्डस्थित सिग्नल इदुना पार्क मैदानमा भएको खेलमा चौंथो मिनेटमा नै थोमस मुलरले गोल गर्दै घरेलु टोली जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ८७ औं मिनेटमा लेरोई सानेले गोल थप्दै जर्मनीको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो ।

एन्टोइन ग्रिजमनले उक्त अवसरलाई गोलमा परिणत गरे पनि टोलीलाई जित भने दिलाउन सकेनन् ।

केही दिन पहिले मात्र घरेलु मैदानमै जापानसँग जर्मनी ४–१ गोलले पराजित भएको थियो । उक्त हारपछि प्रशिक्षक हान्स फ्लिक बर्खास्तीमा परेका थिए ।