२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका भ्रमण टोलीको संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन, आधाले घट्यो टोलीको संख्या



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि २४ जना अमेरिका जाने निर्णय भएको थियो । प्रधानमन्त्री प्रचण्डले उक्त संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव वैकुण्ठ अर्याललाई निर्देशन दिनुभएको छ । यद्यपि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको ७ सदस्यीय एउटा टोली भने भोलि अमेरिका प्रस्थान गर्दैछ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेतृत्वमा जाने दुवै टोलीमा गरेर अब १२ जना मात्र अमेरिका प्रस्थान गर्ने छन् । परराष्ट्रमन्त्रीको टोलीमा परराष्ट्रसचिव, शिष्टाचार महापाल, राष्ट्रसंघ हेर्ने सहसचिवलगायत रहनुहुनेछ । प्रधानमन्त्रीले अहिले देशको आर्थिक अवस्था पनि खासै नभएको र यस्तो बेला ठूलो समूह लगेर जानुको कुनै अर्थ नभएको भन्दै भोलि मंगलबारको मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवलाई संख्या कटौतीको प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँग अब एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुनेछन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार स्वकीय सचिवबाट पनि को जाने भनेर अहिलेसम्म टुंगो नलागिसकेको र सम्भवतः गंगा दाहाल नै जाने पक्का छ । गंगा प्रधानमन्त्री प्रचण्डकी छोरी पनि हुन्। प्रधानमन्त्रीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा जाने यो सबैभन्दा सानो टिम हुनेछ। यसअघि अमेरिका जाने भनेर निर्णय भएका मुख्यसचिव वैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नामसहित प्रधानमन्त्री कार्यालयका केही सहसचिव र उपसचिवको नाम पनि भ्रमण टोलीको सदस्यबाट कटौतीमा परेको छ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेललाई पनि भ्रमण टोलीबाट हटाइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । महासभाको ७८ औँ सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानु हुनेछ ।