२२ श्रावण २०८३, शुक्रबार
,
Latest
अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर… सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित



अ+ अ-

काठमाडौं: राप्रपाको काठमाडौं महानगरपालिकाको अधिवेशनबाट महानगर अध्यक्ष पदमा अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक दिपक रञ्जित निर्विरोध निर्वाचित भएका छन् ।

राप्रपा काठमाडौं महानगरपालिकाको निर्वाचन समितिको कार्यक्रम अनुसार आज उम्मेदवारी दर्ता गर्ने समय अपरान्ह १२ बजेसम्म निर्धारित थियो । निर्धारित समयसम्म अध्यक्ष पदमा रञ्जितको मात्रै एकल उम्मेदवारी परेकाले रञ्जित निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी सदस्य पदका अन्य उमेदवार समेत सर्वसम्मत भएका छन् ।

प्रहरी सेवामा छॅदा काठमाण्डौं, ललितपुर र भक्तपुरको नेतृत्व सम्हाल्ने अवसर हालसम्म दिपक रञ्जितले मात्र पाएका छन्, उनी काठमाण्डौंको भूगोलसंग परिचित अनुभवी अवकाशप्राप्त प्रहरी अधिकृत हुन्।

राप्रपा काठमाण्डौं महानगरको निर्वाचन कार्यक्रम सम्पन्न भएपनि घोषणासभा भोलि साउन २३ गते शनिबार बिहान ८:०० बजे, अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा हुनेछ। घोषणा सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।