३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

इतिहासमै पहिलो पटक एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४७ सदस्यको हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको दर्ता गरिएको छ ।

असन्तुष्ट पक्षले अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग समेत गरेका छन् । ‘निर्वाचित भएको एक वर्षभन्दा बढीको अवधिमा वर्तमान एन्फा अध्यक्ष र महासचिवले पटकपटक एन्फा विधान र शुसासनको बर्खिलाप हुने गम्भीर कार्यहरु गर्दै आउनुभएको छ । अतः निज व्यक्तिलाई बहाल रहेको पदबाट बर्खास्त गर्न आवश्यक रहेकाले विधानले प्रद्दत्त गरेको अधिकार प्रयो गरी निवेदन प्रस्तुत गरेका छौँ ।’ निवेदनमा भनिएको छ ।

पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले अविश्वासको प्रस्ताव दर्ता हुनासाथ अध्यक्ष स्वतः निलम्बनमा परेको भन्दै अब ३० दिनभित्र विशेष साधारणसभा बोलाएर भोटिङ गर्नुपर्ने बताएका छन् ।

असन्तुष्ट पक्षहरूले १९ वटा आरोपसहित अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

यसैबीच, एन्फाको सोमबारका लागि निर्धारित विशेष साधारणसभा स्थगित गरिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा विशेष साधारणसभा हुने तय थियो ।

एन्फाका सदस्य संस्थाहरूको विशेष सल्लाहमा अध्यक्षले विशेष साधारणसभा स्थगित गरेको एन्फाले जनाएको छ ।

यसअघि, एन्फाको विशेष साधारणसभा आइतबारका लागि निर्धारित भएपनि गणपूरक संख्या अपुग भएकाले उक्त बैठक स्थगित गर्दै सोमबारका लागि तय गरिएको थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/09/anfa.pdf”]