५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

इतिहासमै पहिलो पटक एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४७ सदस्यको हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको दर्ता गरिएको छ ।

असन्तुष्ट पक्षले अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग समेत गरेका छन् । ‘निर्वाचित भएको एक वर्षभन्दा बढीको अवधिमा वर्तमान एन्फा अध्यक्ष र महासचिवले पटकपटक एन्फा विधान र शुसासनको बर्खिलाप हुने गम्भीर कार्यहरु गर्दै आउनुभएको छ । अतः निज व्यक्तिलाई बहाल रहेको पदबाट बर्खास्त गर्न आवश्यक रहेकाले विधानले प्रद्दत्त गरेको अधिकार प्रयो गरी निवेदन प्रस्तुत गरेका छौँ ।’ निवेदनमा भनिएको छ ।

पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले अविश्वासको प्रस्ताव दर्ता हुनासाथ अध्यक्ष स्वतः निलम्बनमा परेको भन्दै अब ३० दिनभित्र विशेष साधारणसभा बोलाएर भोटिङ गर्नुपर्ने बताएका छन् ।

असन्तुष्ट पक्षहरूले १९ वटा आरोपसहित अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

यसैबीच, एन्फाको सोमबारका लागि निर्धारित विशेष साधारणसभा स्थगित गरिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा विशेष साधारणसभा हुने तय थियो ।

एन्फाका सदस्य संस्थाहरूको विशेष सल्लाहमा अध्यक्षले विशेष साधारणसभा स्थगित गरेको एन्फाले जनाएको छ ।

यसअघि, एन्फाको विशेष साधारणसभा आइतबारका लागि निर्धारित भएपनि गणपूरक संख्या अपुग भएकाले उक्त बैठक स्थगित गर्दै सोमबारका लागि तय गरिएको थियो ।

anfa