६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आवाश तथा जग्गा विकास महासंघको ललितपुर शाखा गठन



अ+ अ-

ललितपुर । मुलुकभरी घरजग्गा व्यवासायलाई व्यवस्थित गर्ने उद्धेश्यले स्थापना गरिएको नेपाल आवाश तथा जग्गा विकास महासंघ अन्तर्गत ललितपुर जिल्ला शाखा गठन गरि ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

ओम बहादुर घर्तीमगरको अध्यक्षतामा गठन गरिएको जिल्ला शाखाको प्रथम उपाध्यक्षमा राम शरण दाहाल र द्वित्तिय उपाध्यक्षमा राजकुमार केसी, सचिवमा सहदेव संकल्प राउत, कोषाध्यक्षमा निश्चित मित्तल छन भने कार्यकारी सदस्यहरुमा युरोप श्रेष्ठ, सञ्चित श्रेष्ठ, ज्ञानेन्द्र केसी र शान्तिदेव पुरी छन् ।

महासंघका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा भएको पहिलो साधारण सभाबाट जिल्ला शाखा गठन गरि नयाँ कार्यसमिति बनाइएको हो । महासंघले यसैवर्ष ७७ वटै जिल्लामा महासंघको शाखा विस्तार गर्ने योजना बनाएको छ ।

सरकारलाई धेरै राजस्व बुझाउने क्षेत्र भनेर परिचित घरजग्गा व्यवसाय भएतापनि पछिल्लो समयमा सरकारको अदुरदर्शी र अव्यवहारिक निर्णय नियम कानूनका कारण देशभरी नै घरजग्गाको व्यवसाय धराशायी बनेको छ ।