७ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानसँग घरेलु मैदानमै ४–१ गोलले स्तब्ध बन्यो जर्मनी



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले लज्जास्पद हार ब्यहोरेको छ । गएराति भएको खेलमा जर्मनी जापानसँग घरेलु मैदानमै ४–१ गोलले पराजित भएको हो ।

वुल्फ्सवर्गस्थित भोल्क्सवागेन मैदानमा भएको खेलको ११ औं मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा लेरोइ सानेले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए ।

यता, २२ औं मिनेटमा आयासी उएडाले गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाए । त्यसपछि अन्तिम दुई मिनेटमा जर्मनीले दुई गोल खान पुग्यो ।

जापानका टाकुमा असानोले ९० औं तथा आओ तनकाले ९०+२ मिनेटमा गोल थपेपछि जर्मनी ४–१ गोलले स्तब्ध बन्यो ।