२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो फिल्मबाट फेरि ठूलो पर्दामा फर्किँदैछन् अभिनेता पल शाह



अ+ अ-

काठमाडौँ । लामो समयको अन्तरालपछि अभिनेता पल शाहले फिल्ममा कमब्याक गर्ने भएका छन् । फिल्म ‘मायावी’मा उनी अनुबन्धित भएका हुन् । फिल्ममा दिवाकर भट्टराईको निर्देशन रहेको छ ।

डेढ वर्षपछि कमब्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमब्याक गर्ने भएका हुन् । निर्देशक दिवाकरले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए ।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाईं नायिकाका रुपमा पक्का भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो ।

यद्यपि, फिल्मका अन्य कलाकार र प्राविधिक सार्वजनिक गरिंदै जाने निर्देशक भट्टराई बताउँछन् । फिल्म असोज २ गतेबाट छायांकनमा जाने जनाइएको छ ।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।