७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता, २२ सय बिरामीको नि:शुल्क शल्यक्रिया हुने

नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता, २२ सय बिरामीको नि:शुल्क शल्यक्रिया हुने
अ+ अ-

काठमाडौँ । नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बिचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आज सोमबार दुई संस्था विच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट संघका अध्यक्ष प्रा.डा चेतराज पन्त र महासचिव भरतबहादुर चन्द तथा कतार च्यारिटीका तर्फबाट कन्ट्रि डाईरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यबस्थापक इरसाद अलि शेखले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बाँके, कपिलबस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाहरुका ग्रामिण क्षेत्रका नागरिकहरुलाई लक्षित गरि बिभिन्न आँखा शिबिरहरुको आयोजना गरी २ हजार २ सय मोतियाबिन्दुका बिरामीहरुको नि:शुल्क शल्यक्रिया गरिनेछ । आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले गर्नेछ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघले गर्नेछ ।

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले कतार च्यारिटी जस्तै दातृ निकायहरुको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण हुने विश्वास व्यक्त गरे ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै कतार च्यारिटीका कन्ट्रि डाईरेक्टर मोहम्मद बकासले च्यारिटीले बिगत ५ बर्षदेखि शिक्षा, स्वास्थ्य, खानपानी र जिविकोपार्जन क्षेत्रमा कार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतियाबिन्दुको सर्जरी मार्फत दृष्टि पुर्नस्थापनाका लागि नेत्रज्योति संघसंग यो सम्झौता गरिएको र यसबाट २ हजार भन्दा बढि बिरामीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।

अहिले पनि नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरिय भएकाले विभिन्न देशका नागरिकहरु नेपालमा आँखा उपचार गराउन आइरहेको भन्दै संघका महासचिव भरतबहादुर चन्दले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सहित संघले आफ्ना कार्यक्रमहरु अगाडी बढाइरहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रा.डा चेतराज पन्तले कतार च्यारिटीसंगको सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट बन्चित नागरिकहरुले नि:शुल्क आँखा उपचार प्राप्त गर्न सक्ने विश्वास समेत ब्यक्त गरे ।

संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ भने विभिन्न दातृ निकाय, नेपाल सरकार तथा विभिन्न स्थानिय तहहरुसंघको सहकार्यमा बार्षिक हजारौँ निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिरहरु संचालन गर्दै आइरहेको छ ।

त्यस्तै कतार च्यारिटीले ‘नेपाल एकिकृत विकास कार्यक्रम(एनआईडिपी)–२’ परियोजना अन्तरर्गत नेपालका विभिन्न ९ जिल्लाहरुमा स्थानिय साझेदारहरुको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । च्यारिटीले नेपालमा बिशेषगरी उत्पादनशिलता र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।