४ पुष २०८२, शुक्रबार
,
Latest
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० आई: कुवेतलाई हराउँदै नेपाल फाइनल नजिक



अ+ अ-

काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सिरिजको दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित नेपाल फाइनल नजिक पुगेको छ ।

जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो । कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले १० रन बनाउदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागी इन्दु बर्माले ३ विकेट लिइन् । नेपालका लागि पहिलो खेल खेलेकी खुशी डंगोलले २ विकेट लिइन् भने ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिइन् ।

त्यसअघि बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालको जितमा इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठ १९ रनमा अविजित रहँदा विन्दु रावल २० रन बनाईन ।

यस्तै, ओपनर पुजा महतो शून्य रनमा आउट हुँदा सम्झना खड्काले १ रनमा विकेट गुमाईन् ।अनुभवी ब्याटर सीता रानामगर ७, कप्तान रुविना क्षेत्री बेलबासे ५, कविता जोशी २ र कविता कुँवर डक आउट भइन् ।

कुवेतकी महियम हैदरले ४ विकेट लिइन् । मर्याम ओमारले २ विकेट लिइन् भने प्रियादा मुराली र खादिजा खालिलले एक एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ ।