११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच उम्मेदवार सर्टलिस्ट, २५ र २६ साउनमा अन्तर्वार्ता



अ+ अ-

काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रियाअन्तर्गत पाँच जना उम्मेदवार अन्तर्वार्ता र व्यावसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि छनोट भएका छन्।

अर्थ मन्त्रालयअन्तर्गतको नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले २०८३ साउन २१ गते बसेको बैठकको निर्णयअनुसार शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा उम्मेदवार छनोट गरेको हो।

छनोटमा परेका उम्मेदवारहरूमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन्।

समितिले सार्वजनिक गरेको सूचनाअनुसार अर्जुन कुमार गौतम र गोपाल घिमिरेको अन्तर्वार्ता साउन २५ गते क्रमशः बिहान ७ बजे र बिहान ८ बजे हुनेछ। त्यस्तै पर्वत कुमार कार्की र यज्ञ प्रकाश न्यौपानेको अन्तर्वार्ता सोही दिन साँझ ५ बजे र साँझ ६ बजे तय गरिएको छ।

समता पन्त भट्टको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता साउन २६ गते बिहान ८ बजे हुने जनाइएको छ।

सबै उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुने अर्थ मन्त्रालयले जनाएको छ।