३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

धुलिखेल–चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ, पर्यटनदेखि लगानीसम्म सहकार्य विस्तार गर्ने सहमति

धुलिखेल–चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ, पर्यटनदेखि लगानीसम्म सहकार्य विस्तार गर्ने सहमति
अ+ अ-

काठमाडाैँ ।  धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ स्थित अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा दुवै पक्षबीच पर्यटन, व्यापार, लगानी, शिक्षा, संस्कृति, स्वस्थ सहर, दिगो विकास तथा जलवायु कार्य लगायत साझा चासोका विषयमा अनुभव आदानप्रदान गरिएको थियो। साथै भावी सहकार्यका सम्भावना र साझेदारी विस्तारका विषयमा सकारात्मक तथा फलदायी छलफल भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार उक्त भ्रमणले धुलिखेल नगरपालिका र अली प्रिफेक्चरबीचको मित्रता, आपसी विश्वास, सांस्कृतिक सम्बन्ध तथा दीर्घकालीन विकास साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, होटल एसोसिएसन नेपाल–धुलिखेल, धुलिखेल उद्योग वाणिज्य संघ तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

धुलिखेल नगरपालिकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रभावकारी बनाउँदै समृद्ध, दिगो र विश्वसँग जोडिएको नगर निर्माणका लागि यस्ता सहकार्यलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।