१२ मंसिर २०८१, बुधबार
,
Latest
कुलमानको एक्सन: विद्युत महसुल नतिर्ने उद्योगको कारोबार रोक्काका लागि राष्ट्रबैक, कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा: कमल थापा आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’ जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि तोरणविक्रम शाही शीर्षस्थानमा ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग बक्सिङ टोली थाइल्यान्ड जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० आई: कुवेतलाई हराउँदै नेपाल फाइनल नजिक



अ+ अ-

काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सिरिजको दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित नेपाल फाइनल नजिक पुगेको छ ।

जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो । कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले १० रन बनाउदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागी इन्दु बर्माले ३ विकेट लिइन् । नेपालका लागि पहिलो खेल खेलेकी खुशी डंगोलले २ विकेट लिइन् भने ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिइन् ।

त्यसअघि बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालको जितमा इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठ १९ रनमा अविजित रहँदा विन्दु रावल २० रन बनाईन ।

यस्तै, ओपनर पुजा महतो शून्य रनमा आउट हुँदा सम्झना खड्काले १ रनमा विकेट गुमाईन् ।अनुभवी ब्याटर सीता रानामगर ७, कप्तान रुविना क्षेत्री बेलबासे ५, कविता जोशी २ र कविता कुँवर डक आउट भइन् ।

कुवेतकी महियम हैदरले ४ विकेट लिइन् । मर्याम ओमारले २ विकेट लिइन् भने प्रियादा मुराली र खादिजा खालिलले एक एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ ।




भर्खरै