५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० सिरिज वेस्ट इन्डिजले जित्यो



अ+ अ-

एजेन्सी । पाँच खेलको टी–२० सिरिजको पाँचौं र अन्तिम निर्णायक खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले पराजित गरेको छ ।

यो जितसँगै वेस्ट इन्डिजले टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ । फ्लोरिडाको लाउडरहिलमा खेलिएको पाँचौं खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा नौ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजले १८ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । वेस्ट इन्डिज टोलीले पहिलो दुई टी–२० जितेको थियो ।

यसपछि टीम इन्डियाले तेस्रो र चौथो टी–२० जितेर कमब्याक गर्यो । तर, पाँचौं टी–२० हारसँगै भारतीय टोलीले सिरिज पनि गुमाएको छ । वेस्ट इन्डिजका लागि निकोलस पूरन र ब्रान्डन किङले १०७ रनको साझेदारी गर्दै भारतलाई खेल र शृङ्खला जित्नबाट टाढा राखेका थिए ।

ब्रान्डन किङले ५५ बलमा ८५ रन बनाएर अविजित रहे । तर, पाँचौं टी–२० मा चार ओभरमा ३१ रन दिएर चार विकेट लिने रोमारियो शेफर्ड खेलको प्लेयर अफ दि म्याच घोषित भए । योसँगै सिरिजमा १७६ रन बनाएका निकोलस पूरन प्लेयर अफ द सिरिज घोषित भए ।

वेस्ट इन्डिजको टोलीले सात वर्षपछि भारतविरुद्धको द्विपक्षीय टी–२० सिरिज जितेको छ । पछिल्लो पटक वेस्ट इन्डिजले सन् २०१७ मा घरेलु मैदानमा भारतविरुद्धको टी–२० सिरिज १–० ले जितेको थियो । त्यसयता भारतले वेस्ट इन्डिजविरुद्धको पाँचवटा टी–२० सिरिज जितेको छ ।

२०२२ को टी–२० विश्वकपमा सुपर १२ राउन्डमा पुग्न नसकेको टोलीसँग भारतले हार ब्यहोरेको हो । २०२४ मा, टी–२० विश्वकप वेस्ट इन्डिज–अमेरिका सह–आयोजकत्वमा खेलाइनेछ । यस्तो अवस्थामा यो शृङ्खलालाई तयारीका रूपमा हेरिएको थियो तर भारत भने निराश बनेको छ ।




भर्खरै