२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० सिरिज वेस्ट इन्डिजले जित्यो



अ+ अ-

एजेन्सी । पाँच खेलको टी–२० सिरिजको पाँचौं र अन्तिम निर्णायक खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले पराजित गरेको छ ।

यो जितसँगै वेस्ट इन्डिजले टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ । फ्लोरिडाको लाउडरहिलमा खेलिएको पाँचौं खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा नौ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजले १८ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । वेस्ट इन्डिज टोलीले पहिलो दुई टी–२० जितेको थियो ।

यसपछि टीम इन्डियाले तेस्रो र चौथो टी–२० जितेर कमब्याक गर्यो । तर, पाँचौं टी–२० हारसँगै भारतीय टोलीले सिरिज पनि गुमाएको छ । वेस्ट इन्डिजका लागि निकोलस पूरन र ब्रान्डन किङले १०७ रनको साझेदारी गर्दै भारतलाई खेल र शृङ्खला जित्नबाट टाढा राखेका थिए ।

ब्रान्डन किङले ५५ बलमा ८५ रन बनाएर अविजित रहे । तर, पाँचौं टी–२० मा चार ओभरमा ३१ रन दिएर चार विकेट लिने रोमारियो शेफर्ड खेलको प्लेयर अफ दि म्याच घोषित भए । योसँगै सिरिजमा १७६ रन बनाएका निकोलस पूरन प्लेयर अफ द सिरिज घोषित भए ।

वेस्ट इन्डिजको टोलीले सात वर्षपछि भारतविरुद्धको द्विपक्षीय टी–२० सिरिज जितेको छ । पछिल्लो पटक वेस्ट इन्डिजले सन् २०१७ मा घरेलु मैदानमा भारतविरुद्धको टी–२० सिरिज १–० ले जितेको थियो । त्यसयता भारतले वेस्ट इन्डिजविरुद्धको पाँचवटा टी–२० सिरिज जितेको छ ।

२०२२ को टी–२० विश्वकपमा सुपर १२ राउन्डमा पुग्न नसकेको टोलीसँग भारतले हार ब्यहोरेको हो । २०२४ मा, टी–२० विश्वकप वेस्ट इन्डिज–अमेरिका सह–आयोजकत्वमा खेलाइनेछ । यस्तो अवस्थामा यो शृङ्खलालाई तयारीका रूपमा हेरिएको थियो तर भारत भने निराश बनेको छ ।