२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा बोल्न नदिए पार्टी भित्र बिद्रोह गर्छु: काँग्रेस सांसद शर्मा



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टी भित्रै बिद्रोह गर्ने चेतावनी दिनुभएको छ ।

सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए बिद्रोह गर्ने धारणा राखेको जानकारी गराउनुभएको हो । आईतवार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ उहाँले यस अघि पनि पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले बिद्रोहीको रुपमा संसदमा बोल्नुपरेको खुलासा समेत गर्नुभयो । सांसद शर्माले सरकारलाई आतंककारीको संज्ञा दिँदै यसलाई छिटो भन्दा छिटो हटाउने प्रयासमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको आज संसदीय दलको मिटिङ थियो । मैले चाँही म एरेष्ट भएको विषयमा पार्टीका नेताहरुलाई ब्रिफिङ गरेँ । र, अर्को कुरा चाँही मैले मेरो पार्टी, नेपाली काँग्रेस पार्टीका सबै सभासदहरुले मलाई दु:खको समयमा गर्नुभएको साथ, सहयोगप्रति चाहीँ मैले धन्यवाद ज्ञापन गरेँ । र, मैले आफ्नो कुराहरु निर्धक्कका साथ राखेँ । मैले मेरो स्ट्याण्डलाई कायमै राखेँ । र, मैले के भनेको छु भने–सचेतकज्युले लास्ट टाईम पनि बोल्न नदिएको कारणले त्यो दुर्घटना भएको हो । र, मलाई सचेतकज्युले बोल्न दिनुभएन भोलि भने म त्यहाँ भित्र पनि बिद्रोह गर्छु भनेको छु मैले । संसदीय दलमा मैले यो कुरा राखेको छु । बिद्रोह गर्न पाइँदैन भन्ने कुरा पनि आएको छ । तर मैले भनेको छु–तपाइँहरुले मलाई कारबाही नगर्नुहोला । मेरो नेताहरुलाई मैले आग्रह गरेँ । मैले चाहीँ मलाई बोल्न दिइएन, प्रतिवन्ध लगाइयो । मुख थुनियो भने म बोल्छु । मेरा कुराहरु म निर्वाध रुपमा राख्छु मैले भनेँ । अहिलेको कुरा त्यही हो । भोली त्यो कुरा राखिन्छ । म जुन बेला एरेष्ट भए नि । आतंककारी हिसावले म त यो सरकारलाई आतंककारी भन्छु । मैले संसदीय दलमा पनि त्यही सम्बोधन गरेको छु । यो सरकार आतंकारी हो ।

हामी पनि सरकारमा छौं । तर, सरकारमा भएको फिल मलाई भएको छैन भनेर पनि मैले बैठकमा भनेको छु । यो बाहिर पनि भन्छु म । यो आतंककारी सरकारले मलाई बिना पक्राउ पूर्जी एरेष्ट गर्‍यो । र, घण्टौ मैले झगडा गरेपछि पूँर्जी इस्यु गरियो । र, थुनामा राख्ने पूर्जी भोलिपल्ट मात्रै दिइयो । जुन आफैँमा गैरकानूनी छ । र, एउटा इस्युमा मलाई तेस्रो पटक पक्रियो । जुन आफैँमा गैरकानूनी छ । त्यसकारण यो आतंककारी सरकारलाई सकेसम्म चाँडो बिदा गर्नुपर्छ भन्ने हो हाम्रो । मैले के कुरा राखेभने त्यहाँ अर्थमन्त्रीजीले पनि आफ्नो कुरा राख्नुभयो । अर्थमन्त्रीजीहरु आफ्नो कुरा राखेपछि हिँड्नु भयो । मैले भनेको छु–जनताले हामीलाई कुरीकुरी गर्ने अवस्था छ कि छैन ?’

सांसद शर्माले आफूलाई सरकारले गैरकानूनी ढंगले थुनेकाले त्यसको बिरोधमा उत्रनुपर्ने अवस्था आएको पनि दोहोर्‍याउनु भयो ।