१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई टापुको जङ्गलमा डढेलो, सतसट्ठी जनाको मृत्यु



अ+ अ-

एजेन्सी । हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ६७ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारणले गुनासो गरेका छन् ।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । खरानीमा परिणत भएको आफ्नो घरको परिसरमा भेटिएकी एन्थोनी ग्रेसिया आगोले बाँकी राखेको स्थानमा ठूलो लामो औजारको सहायताले सरसफाइ गरिरहेकी छन् । एक्ली उनले ईश्वरप्रति आफ्नो विश्वास टुटेको बताउँदै केही नगरी त्यसै बसेमा आफू बहुलाउनसक्ने दुखेसो गरिन् । कुकुर, विराला, कुखुरा र अन्य चौपायाका हाडखोड फालिरहेकी उनी भष्मप्रायः भएको नजिकको रुखतिर हेर्दै फोहर सफा नगरे महामारी फैलिनसक्ने बताउँछिन् ।

शुक्रबार फेरि सल्किएको आगोले पश्चिम माउको कानापालीमा बासिन्दालाई घरबाहिर निस्कन बाध्य बनाएको विवरण माउ प्रहरी प्रभागले सामाजिक सञ्जालमा घोषणा गरे पनि नयाँ आगलागीको कुनै विवरण प्रदान दिएको छैन ।

घर, पसल र व्यवसायको नामोनिशान छैन, सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्, टेलिफोनका खम्बा डढेर काला भएका छन्, पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ, सबैतिर अग्निको विनाश नै विनाशमात्र देखिन्छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुने वित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् । आगालागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन् ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आपत्कालको सूचना दिन शहरबजारमा साइरन जडान गर्न थालियो तर यसपटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने प्रश्नको उत्तर हवाईका जनताले खोजिरहेका छन् ।