४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

हर्मुज खोल्न ट्रम्पको चेतावनी

हर्मुज खोल्न ट्रम्पको चेतावनी
अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले जलघाँटी पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता एक–दुई दिनभित्र हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हर्मुज जलघाँटी ‘धेरै चाँडै’ खुल्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले त्यसो नभए इरान ‘धेरै नराम्ररी प्रभावित’ हुने चेतावनी दिँदै अन्ततः जलघाँटी खुल्ने दाबी गर्नुभयो । ट्रम्पको यो प्रतिक्रिया अमेरिका, इरान र ओमानबीच जलघाँटी पुनः सञ्चालनका लागि अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको र अमेरिकाले बुधबार त्यसको घोषणा गर्न सक्ने एक्सियोसको समाचार सार्वजनिक भएपछि आएको हो ।

उहाँले अमेरिका र इरानबीचको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै दुवै पक्ष द्वन्द्व अन्त्य गर्ने उपाय खोज्ने प्रयासमा रहेको बताउनुभयो । “कार्य नै सबैभन्दा महत्त्वपूर्ण हो, उनीहरू सम्झौता गर्न चाहन्छन्, के हुन्छ हेर्दै जाऔँ”, ट्रम्पले भन्नुभयो । उहाँले आफूलाई कूटनीतिक प्रयासका लागि पर्याप्त समय रहेको पनि बताउनुभयो । पछि क्यालिफोर्नियाबाट लास भेगासतर्फ प्रस्थान गर्नुअघि एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौता ‘भोलि वा पर्सिसम्म’ हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

एक्सियोसका अनुसार प्रस्तावित अन्तरिम व्यवस्थाअन्तर्गत इरान र ओमानबीच हर्मुज जलघाँटीमा ६० दिनका लागि सुरक्षित समुद्री आवागमन सुनिश्चित गरिनेछ । यस अवधिमा कुनै पनि जहाजबाट टोल वा पारवहन शुल्क नलिइने व्यवस्था रहनेछ र आवश्यक परे उक्त सम्झौता थप विस्तार गर्न सकिने जनाइएको छ । सम्झौताअनुसार खाडीतर्फ प्रवेश गर्ने जहाजहरूले इरानी जलक्षेत्रको उत्तरी जलमार्ग प्रयोग गर्नेछन् भने बाहिरिने जहाजहरूले ओमानको क्षेत्रीय जलक्षेत्र हुँदै दक्षिणी मार्गबाट आवागमन गर्ने व्यवस्था रहने प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वव्यापी तेल र प्राकृतिक ग्यास आपूर्तिको प्रमुख समुद्री मार्गका रूपमा रहेको हर्मुज जलघाँटीमा देखिएको पछिल्लो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र क्षेत्रीय सुरक्षालाई प्रभावित पार्ने चिन्ता बढ्दै आएको छ ।