२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप फुटबल : नेदरल्यान्ड्सद्वारा दक्षिण अफ्रिका पराजित



अ+ अ-

काठमाडौं: न्यूजील्यान्डमा जारी विश्वकप महिला फुटबल अन्तर्गत आज अस्ट्रेलियाको सिड्नीस्थित एलियान्ज रंगशालामा भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

नेदरल्यान्ड्सले २–० गोल अन्तरले खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विजयी नेदरल्यान्ड्सका लागि जिल रुर्डले नवौं मिनेटमा गोल गरेकी थिइन् भने दोस्रो गोल ६८औं मिनेटमा लिनेथ बिरेन्स्टाइनले गरेकी थिइन् ।

नेदरल्यान्ड्सले करिब ७० प्रतिशत खेल आफ्नो पक्षमा पारेको भए पनि गोल गर्ने अवसर दुबै टिमले सिर्जना गरेका थिए ।

दोस्रो खेल, डिफेन्डिङ च्याम्पियन संयुक्त राज्य अमेरिका र स्वीडेनबीच अहिले जारी छ । दुबै टिमबाट ८५ मिनेटसम्म कुनै गोल हुन सकेको छैन ।