६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमाथि कोलम्बियाको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत कोलम्बियाले जित निकालेको छ । समूह चरण अन्तर्गतको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले पराजित गरेको हो ।

आइतबार दिउँसो अष्ट्रेलियाको एदियान्ज रंगशालामा भएको खेलमा ५२ औं मिनेटमा लिन्डा काइसेडोले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाइन् । ८९ औं मिनेटमा अलेक्जान्डर पोपले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याइन् ।

खेल सकिनै लाग्दा इन्जुरी समयको ९०+७ मिनेटमा मानुएला भनेगासले गोल गर्दै कोलम्बियालाई जित दिलाइन् । कोलम्बियाको यो लगातार दोस्रो जित हो । टोली समूह एच मा ६ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । जर्मनी ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।