२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमाथि कोलम्बियाको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत कोलम्बियाले जित निकालेको छ । समूह चरण अन्तर्गतको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले पराजित गरेको हो ।

आइतबार दिउँसो अष्ट्रेलियाको एदियान्ज रंगशालामा भएको खेलमा ५२ औं मिनेटमा लिन्डा काइसेडोले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाइन् । ८९ औं मिनेटमा अलेक्जान्डर पोपले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याइन् ।

खेल सकिनै लाग्दा इन्जुरी समयको ९०+७ मिनेटमा मानुएला भनेगासले गोल गर्दै कोलम्बियालाई जित दिलाइन् । कोलम्बियाको यो लगातार दोस्रो जित हो । टोली समूह एच मा ६ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । जर्मनी ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।