• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

जानकी मन्दिरको विवाहमण्डपमा अश्लील टिकटक बनाउने युवक पक्राउ



धनुषा । जनकपुरधामस्थित जानकी मन्दिर विवाहमण्डप परिसरभित्र अश्लील टिकटक बनाउने युवक पक्राउ परेका छन् ।

मण्डपभित्र युवतीसँग अश्लील हर्कतमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने धनुषाको औरही गाउँपालिका-६ का १८ वर्षीय अनिरूद्र यादव पक्राउ परेका हुन्।

यादवमाथि थप अनुसन्धान भइरहेको र भिडिओमा देखिएकी महिला र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।