२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा अर्जुन बञ्जाडे एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचित



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा अर्जुन बञ्जाडे विजयी हुनुभएको छ । उहाँ यसअघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

आइतबार राति भएको निर्वाचनमा बञ्जाडेले डिलुराम पराजुलीलाई पराजित गर्नुभएको हो ।

बञ्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गर्नुभयो । त्यसैगरी विकास उप्रेती वरिष्ठ उपाध्यक्ष र रामहरि अधिकारी महासचिव निर्वाचित हुनुभएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ८ अर्घातोस स्थायी घर भएका बञ्जाडेले नेपालमा प्राध्यापनसमेत गर्नुभएको थियो । अमेरिकामा नेपालीमाझ समाजसेवीको छवि बनाउनुभएको उहाँले अमेरिकाको ओहियो युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएको छ ।