४ भाद्र २०८३, बिहीबार
,
Latest
कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा अर्जुन बञ्जाडे एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचित



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा अर्जुन बञ्जाडे विजयी हुनुभएको छ । उहाँ यसअघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

आइतबार राति भएको निर्वाचनमा बञ्जाडेले डिलुराम पराजुलीलाई पराजित गर्नुभएको हो ।

बञ्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गर्नुभयो । त्यसैगरी विकास उप्रेती वरिष्ठ उपाध्यक्ष र रामहरि अधिकारी महासचिव निर्वाचित हुनुभएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ८ अर्घातोस स्थायी घर भएका बञ्जाडेले नेपालमा प्राध्यापनसमेत गर्नुभएको थियो । अमेरिकामा नेपालीमाझ समाजसेवीको छवि बनाउनुभएको उहाँले अमेरिकाको ओहियो युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएको छ ।