• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण ★   बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   टीआरसीमा सहमति खोज्न प्रमुख दल सहमत ★   अधिकांश ठाउँमा भीषण वर्षा, लगातार तीन दिन पानी पर्ने ★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा

डेब्यु खेलमै मेसीको गोल, अन्तिम समयमा फ्रिकिकमा गोल गरेर जिताए



एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको निर्णायक गोलमा इन्टर मियामी विजयी भएको छ ।

नेपाली समयानुसार शनिबार बिहान सम्पन्न खेलमा मियामीले लिग्स कप अन्तर्गत क्रुज अजुललाई २–१ गोलले पराजित गरेको हो ।

खेलको ४४ औं मिनेटमा रोबर्ट टेलरको गोलबाट मियामीले खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर, ६५ औं मिनेटमा युरेल अन्टुनाले गोल गर्दै क्रुजलाई १–१ को बराबरीमा ल्याए ।

यता, वैकल्पिक खेलाडीको रुपमा ५४ औं मिनेटमा बेन्जामिन क्रेमास्चीको स्थानमा मैदान प्रवेश गरेका मेसीले ९०+४ मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गर्दै टोलीलाई जित दिलाए ।

जितसँगै समूह जे मा रहेको मियामीले तीन अंक बटुलेको छ । यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर एमएलएस क्लब मियामी पुगेका मेसीको खेल हेर्न हजारौं दर्शकहरु डीआरभी पिएनके स्टेडियम पुगेका थिए ।