६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित

अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित
अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट ३३ महिनाअघि विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी महाधिवेशनमा होमिएको छ । महाधिवेशनको मुखमा आएर एकीकृत समाजवादीले असन्तुष्टि मिलाउन पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको दशौं महाधिवेशनले २९९ सदस्यीय कमिटी कमिटी बनाउने छ । जुन यसअघिको भन्दा एक सयले बढी हो । गत माघमा बसेको केन्द्रीय परिषद् बैठकले केन्द्रीय कमिटीको आकार १९९ मा सीमित गर्ने निर्णय गरेको थियो ।

महाधिवेशनको मुखमा आएर केन्द्रीय कमिटी र पदाधिकारीको संख्या थप्ने निर्णयमा नेताहरुको व्यक्तिगत स्वार्थले काम गरेको देखिएको छ । यसले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको वातावरण झन् कमजोर भएको छ ।

नेकपा एकीकृत समाजवादीको नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल र भुसालकै स्वार्थका कारण केन्द्रीय कमिटीको संख्या बढाइएको हो ।

नयाँ नेतृत्व चयनबारे पार्टीभित्र दुई लाईन संघर्ष बलियो हुँदै गएको छ । अहिलेका पदाधिकारी र नेतामध्ये धेरैलाई आफ्नो समूहमा व्यवस्थापन गर्न धेरै पद चाहिएको हो । दुवै समूहको स्वार्थ मिलेर यो विषय सहज रुपमा अघि बढेको हो ।

नेतृत्वका लागि अहिले दुई वटा समूहले तयारी तीव्र पारेका छन् । अध्यक्ष नेपाल र महासचिव भुसाल दिनदिनै आफ्नो समूहको भेला गरेर रणनीति तयार पारिरहेका छन् । यी दुई समूह पछि हट्न नसक्ने अवस्थामा छन् । यसको दबाब भने अध्यक्ष नेपाललाई बढी छ ।

नेकपा एमालेबाट विभाजित भइ गठन गरेको नयाँ पार्टीमा थोरै समय नेतृत्व गर्ने वित्तिकै आफूलाई अवसरबाट बञ्चित गर्न खोजिएकोमा नेता नेपाल असन्तुष्ट छन् । उनले अझै एक कार्यकाल पार्टीको नेतृत्व गर्ने आकांक्षा राखेका छन् । तर पनि अहिलेसम्म उनले उम्मेदवारी भने घोषणा गरेका छैनन् ।

तर माधवलाई जसरी पनि रोक्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल लागेका छन् । पार्टी गठनको सुरुदेखि नै उनले अध्यक्ष नेपालसँग फरक मत राख्दै आएका थिए । सैद्धान्तिक–वैचारिक रुपमा फरक मत राख्ने खनालले आफू पक्षधरहरुको पंक्ति संगठनात्मक रुपमा पनि तयार पारेका थिए । तिनै संगठनात्मक शक्तिका साथ खनाल मैदानमा उत्रिएका छन् ।

त्यसो त पाँच दशक पुराना प्रतिस्पर्धी झलनाथ खनालको चुनौती माधव नेपालका निम्ति अनपेक्षित होइन । तर नेपालको तुलनामा खनालको शक्ति कमजोर रहेको विश्लेषण पार्टीभित्रैबाट हुँदै आएको छ । यो अवस्था बुझेका खनालले घनश्याम भुसाललाई समर्थन गर्ने सोचाइसमेत राखेका छन् । दुई नेताबीच भएको छलफल सकारात्मक भएको बताइएको छ । यद्यपी यसबारे खनालले अहिले स्वीकार गरिसकेका छैनन् । तर खनाल निकटस्थहरु खुलेरै भुसाललाई अध्यक्ष बनाउन लागिसकेका छन् ।

भुसालको दाउ सकेसम्म सर्वसम्मत अध्यक्ष बन्ने हो । उनी सर्वसम्मत हुन नसके प्रतिस्पर्धाबाट पछि हट्न नसक्ने अवस्थामा छन् । तर सर्वसम्मत हुन माधवकुमार नेपाल आफैं लागिपरेका छन् । यसको अर्थ एकीकृत समाजवादीको यो महाधिवेशनमा माधव नेपाल र घनश्याम भुसालबीत प्रतिस्पर्धा हुने निश्चित ।

त्यसो त दुई वर्ष अगाडि २०७८ मंसिरमै एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीविरुद्ध भीम रावलले प्रतिस्पर्धा गरेर दोस्रो पुस्ताको चुनौती सुरु गरेका थिए । तर त्यो महाधिवेशनमा नेतृत्व परिवर्तन गर्नेगरी चुनौती दिन सक्ने अवस्थामा रावल थिएनन् । ओलीको लगभग एकलौटी चल्ने एमालेमा रावलको उम्मेदवारीले महाधिवेशनलाई मतदानसम्म लगेको थियो ।

एमालेको त्यो महाधिवेशनमा घनश्याम भूसाल पनि रावलसँगै ओलीविरुद्ध भिडिरहेका थिए । पार्टी फुटेर एकीकृत समाजवादी बन्दा १० बुँदे सहमति गरी एमालेमै बसेका भूसाल पार्टी उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । तर रावल, भूसाल सहित ओलीको चाहना विपरीत उम्मेदवारी दिएका कोही पनि नेताले चुनाव जितेनन् । बरु उल्टै २०७९ मंसिरको चुनावमा ओलीको निशानामा परे । अहिले पनि एकीकृत समाजवादीमा प्रतिस्पर्धा गर्दा पराजित भए भुसाललाई अप्ठ्यारो नहोला भन्न सकिँदैन ।

भुसालविरुद्ध माहोल बनाउन नेपाल पक्षले प्रचार सुरु गरिसकेको छ । एमालेमा हुँदा पनि पार्टीमा मिल्न नसकेका भुसालले अहिले एकीकृत समाजवादीमा आउँदा पनि त्यस्तै स्वभाव देखाएको टिप्पणी पार्टीभित्रै हुँदै आएको छ । उनी वैचारिक नेता भएकाले अध्यक्ष भएर पार्टी परिचालन गर्न नसक्ने टिप्पणी नेपाल निकट नेताको छ ।

यसैगरी भुसाल समूहले माधवकुमार नेपालले १५ वर्षसम्म नेकपा एमालेको नेतृत्व गरेको तर पार्टीमा खासै सुधार ल्याउन नसकेको भन्दै अब उहाँलाई बिदाइ गर्नुपर्ने बताइरहेको छ । एमालेको गत महाधिवेशनमा पराजित भएपछि पार्टी विभाजन गराएको आरोप पनि नेता नेपालले खेप्नुपरेको छ ।

नेकपा एसले महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धामा नजाने भनेको छ । तर आन्तरिक तयारी भने दुवै पक्षको प्यानल नै बनाउने छ । माधवकुमार नेपालले महासचिवमा राजेन्द्र पाण्डेलाई अगाडि सार्ने तयारी गरिरहँदा घनश्याम भुसालले प्रकाश ज्वालालाई उम्मेदवार बनाउने तयारी गरेका छन् । यसले पनि नेकपा एसको महाधिवेशन रोचक हुने देखिँदै गएको छ ।