• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण



काठमाडौं । प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त रजौरेले काठमाडौं परिसर मातहतको प्रहरी वृत्त नयाँबानेश्वरमा आकस्मिक निरीक्षण गरेका छन् । रजौरे गत वैशाख १४ गते काठमाडौं प्रहरी प्रमुख भएका थिए ।

प्रहरी वृत्त नयाँबानेश्वरले पछिल्लो समयमा सकृय रुपमा सम्पादन गरेका कृयाकलापबारे स्थलगत रुपमा बुझ्न एसएसपी रजौरे आकस्मिक निरीक्षण गर्न वृत्तमा छिरेका थिए । एसएसपी रजौरेलाई प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शिवराज बुढाथोकीले वृत्तले सम्पादन गर्दै आएका काम कारवाहीबारे जानकारी गराएका थिए ।

निरीक्षकका क्रममा एसएसपी रजौरेले वृत्तको कार्यालय भवन, प्रहरी बस्ने ब्यारेकको साथै थुनुवाहरु राख्ने हिरासत कक्ष र विभिन्न शाखाको स्थलगत निरीक्षण गरेका थिए । प्रहरी वृत्त नयाँबानेश्वरले काठमाडौं महानगरपालिकाको १०, ३१ र ३२ वडाको साथै कागेश्वरी मनोहरा नगरपालिकाको ७, ८ र ९ वडाको सुरक्षा अवस्था हेर्ने गर्छ ।