१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना



अ+ अ-

काठमाडौँ । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ ।

शनिवार काठमाडौं विष्णुमति करिडोरस्थित निलबराहीको टंकेश्वर वडा नम्बर १३ मा वृक्षारोपण गरिएको हो । स्व.मदनकुमार भण्डारीको ७२ औं स्मृति दिवस पारेर काठमाडौं उपत्यकालाई शहरीकरण, सौन्दर्यकरण र सुविधाको शहर बनाउने अभियान अन्तर्गत वातावरण सुन्दर होस् र कोही पनि भोको रहनु नपरोस् भन्नका लागि शहरी सौन्दर्यीकरण बढाउन र खाद्य सम्प्रभुताको विषयलाई पनि आम जनताको बीचमा चेतना फैलाउन यो अभियान सञ्चालन गरेको हो ।

वृक्षारोपण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले वातावरण, नदी, सम्पदा संरक्षणको क्षेत्रमा, सुविधा उपलब्ध गराउने क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखेको बताउनु भयो । उक्त क्षेत्र काठमाडौं उपत्यकाको पिछडिएको क्षेत्र भएकाले सो क्षेत्र प्रवद्र्धनका लागि वृक्षारोपण गरेको बताउनु भयो । वातावरण संरक्षणका साथै नदी संरक्षणका लागि पनि पहल गरेको बताउनु भयो ।

उहाँले अब काठमाडौं शहर संरुक्षणको काममा सबैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।