• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

जमुनाहा नाकाबाट स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ



जानकी । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित पक्राउ परेका हुन् ।

कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम बरामद गरिएको हो । मोटरसाइकल चालक भारततर्फ भागेका थिए । रकमसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ । रासस