३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा



अ+ अ-

काठमाडौँ । बलिउड अभिनेत्री जयप्रभा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल पशुपतिनाथको कृपाले महान रहेको बताउनु भयो । उहाँले नेपाल आएर आफ्नो देशका बारेमा केही कुरा राख्न पाउँदा गर्वको महशुस भएको बताउनु भयो । उहाँले नेपाल—भारत सम्बन्ध आगामी दिनमा झनै बिस्तार गर्दै लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस धर्ती महान छ । बाबा पशुपतिनाथको आशिर्वादका कारण यो धर्ती महान छ । यस धर्तीलाई म प्रणाम गर्दछु । आज मलाई नेपाल आएर आफ्नो देशको तर्फबाट धारणा राख्दा यो महत्वपूर्ण भएको छ मेरो लागि । एक दिनमा मात्रै हामी यति ठूलो नाम बनाउन सक्दैनौँ । यो वर्षौंको मेहनतबाट बनेको नाम हो । यसमा हाम्रो परिवारको पनि त्यत्तिकै साथ छ । मलाई नेपाल आउँदा लाग्छ, यो मेरो लागि दोस्रो घर हो ।’

उहाँले आफू तीन पटक सांसद बनेको भएपनि अहिले पनि चलचित्र क्षेत्रबाट टाढा नगएको बताउनु भयो ।