२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैनः मेसी



अ+ अ-

एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् ।

गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उनको यो टिप्पणी आएको हो ।

अर्जेन्टिनाको टेलिभिजनमा प्रशारण भएको एक अन्तर्वार्तामा ३६ वर्षीय मेसीले भने, “तार्किक रुपमा मेरो उमेरका कारण यो (सन्यास) धेरै टाढा हुनेछैन । त्यो क्षण कहिले आउँछ मलाई ठ्याक्कै थाहा छैन । म दिनदिनै चीजहरू लिइरहेको छु र हामीले अनुभव गरिरहेका यी सबै कुराहरूको आनन्द लिइरहेको छु ।”

गत डिसेम्बरमा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि मेसीले फुटबलमा आफूले आशा गरेका सबै कुरा हासिल गरेको स्वीकारेका थिए ।

अर्जेन्टिनी कप्तानले फाइनलमा दुई गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन बल पनि जितेका थिए ।

मेसीलाई कहिले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुहुन्छ भनी सोधिएको प्रश्नमा उनले भने, “मलाई लाग्छ समय आएपछि यो कुरा स्वभाविकरूपमा हुनेछ ।”

उनले भने, “पछिल्लो समयमा सबै कुरा हासिल गरिसकेपछि त्यसको आनन्द लिनु मात्र बाँकी छ ।”

मेसीले जुलाई २१ मा फोर्ट लाउडरडेलमा मेक्सिकोको व्यवसायिक फुटबल समूहविरुद्ध लिग कपमा इन्टर मियामीका लागि पहिलो खेल खेल्नेछन् ।

फ्लोरिडा क्लब हाल अमेरिकी महत्वपूर्ण लीग फुटबलको १५ टोली पूर्वी सम्मेलनको २१ खेलबाट १८ अङ्कको साथ अन्तिम स्थानमा छ ।