• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैनः मेसी



एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् ।

गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उनको यो टिप्पणी आएको हो ।

अर्जेन्टिनाको टेलिभिजनमा प्रशारण भएको एक अन्तर्वार्तामा ३६ वर्षीय मेसीले भने, “तार्किक रुपमा मेरो उमेरका कारण यो (सन्यास) धेरै टाढा हुनेछैन । त्यो क्षण कहिले आउँछ मलाई ठ्याक्कै थाहा छैन । म दिनदिनै चीजहरू लिइरहेको छु र हामीले अनुभव गरिरहेका यी सबै कुराहरूको आनन्द लिइरहेको छु ।”

गत डिसेम्बरमा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि मेसीले फुटबलमा आफूले आशा गरेका सबै कुरा हासिल गरेको स्वीकारेका थिए ।

अर्जेन्टिनी कप्तानले फाइनलमा दुई गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन बल पनि जितेका थिए ।

मेसीलाई कहिले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुहुन्छ भनी सोधिएको प्रश्नमा उनले भने, “मलाई लाग्छ समय आएपछि यो कुरा स्वभाविकरूपमा हुनेछ ।”

उनले भने, “पछिल्लो समयमा सबै कुरा हासिल गरिसकेपछि त्यसको आनन्द लिनु मात्र बाँकी छ ।”

मेसीले जुलाई २१ मा फोर्ट लाउडरडेलमा मेक्सिकोको व्यवसायिक फुटबल समूहविरुद्ध लिग कपमा इन्टर मियामीका लागि पहिलो खेल खेल्नेछन् ।

फ्लोरिडा क्लब हाल अमेरिकी महत्वपूर्ण लीग फुटबलको १५ टोली पूर्वी सम्मेलनको २१ खेलबाट १८ अङ्कको साथ अन्तिम स्थानमा छ ।