२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरिफले इमर्जिङ कप नखेल्ने, उनको स्थानमा पवन सरार्फलाई मौका



अ+ अ-

काठमाडौं । नेपालका तल्लोक्रमका भरपर्दा ब्याटर तथा पार्टटाइम बलर आरिफ शेखले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीको अनुसार आरिफले पारिवारिक कारणले यसै साताबाट श्रीलंकामा हुने इमर्जिङ कप नखेल्ने भएका हुन् ।

नेपालले आरिफको स्थानमा पवन सरार्फलाई मौका दिएको छ । आरिफ नेपालका तल्लोक्रमका भरपर्दा ब्याटर हुन् । ४७ ओडिआई खेलमा उनले ६ अर्धशतकसहित ८ सय ७८ रन बनाएका छन् ।

यस्तै, पवन १० महिनापछि नेपाली टोलीमा फर्किन लागेका हुन्। पवन तल्लोक्रमका ब्याटर र स्पिन बलर हुन् ।

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ ।समूह बी मा नेपालसहित युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान रहेका छन् । पाँच टेस्ट टोलीबाट यू– २३ को टोली आउने छन् । यस्तै, ओमान र युएईले पनि आफ्नो ए टोलीलाई खेलाउन लागेको छ ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । दोस्रो खेल १७ जुलाई मा नेपालले भारत ए सँग खेल्नेछ भने १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ भने फाइनल २२ जुलाईमा हुनेछ ।

नेपालको टोली:

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान) कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।




भर्खरै