२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरिफले इमर्जिङ कप नखेल्ने, उनको स्थानमा पवन सरार्फलाई मौका



अ+ अ-

काठमाडौं । नेपालका तल्लोक्रमका भरपर्दा ब्याटर तथा पार्टटाइम बलर आरिफ शेखले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीको अनुसार आरिफले पारिवारिक कारणले यसै साताबाट श्रीलंकामा हुने इमर्जिङ कप नखेल्ने भएका हुन् ।

नेपालले आरिफको स्थानमा पवन सरार्फलाई मौका दिएको छ । आरिफ नेपालका तल्लोक्रमका भरपर्दा ब्याटर हुन् । ४७ ओडिआई खेलमा उनले ६ अर्धशतकसहित ८ सय ७८ रन बनाएका छन् ।

यस्तै, पवन १० महिनापछि नेपाली टोलीमा फर्किन लागेका हुन्। पवन तल्लोक्रमका ब्याटर र स्पिन बलर हुन् ।

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ ।समूह बी मा नेपालसहित युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान रहेका छन् । पाँच टेस्ट टोलीबाट यू– २३ को टोली आउने छन् । यस्तै, ओमान र युएईले पनि आफ्नो ए टोलीलाई खेलाउन लागेको छ ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । दोस्रो खेल १७ जुलाई मा नेपालले भारत ए सँग खेल्नेछ भने १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ भने फाइनल २२ जुलाईमा हुनेछ ।

नेपालको टोली:

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान) कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।