• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

चीनको सियान-काठमाडौं सिधा हवाई उडान हुने, तिब्बत एयरलाइन्सले पुन: उडान गर्दै



काठमाडौं । आइतबारदेखि तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ रुटमा सिधा उडान पुनः सुरु गर्ने भएको छ। एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफरसमेत ल्याएको छ।

सियानबाट काठमाडौँको एकतर्फी यात्राका लागि रु १२ हजार ६०० ९६९० युयान० मात्र र सियान–काठमाडौँ–सियान दुईतर्फी यात्राको रु १८ हजार रुपैयाँ ९९९० युयान० निर्धारण गरेको छ ।

एयरलाइन्सले यो अफर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइने जनाएको छ ।

एयरलाइन्सले काठमाडौँसहित नेपालका पर्यटकीय गन्तव्यका बारेमा चिनियाँ भाषामा जानकारी दिँदै उडान सञ्चालन गर्ने जनाएको छ।

यसअघि काठमाडौँदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान पुनः सुचारु भएको छ। त्यस्तै, सांघाईबाट पनि सिधा उडानको तयारी भइरहेको छ।