३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रधानमन्त्री मोदीले सन्यास लिएका कोहलीलाई फोन गरेर के भने ?

प्रधानमन्त्री मोदीले सन्यास लिएका कोहलीलाई फोन गरेर के भने ?
अ+ अ-

एजेन्सी । भारतीय टिमले टी–२० विश्वकप २०२४ को उपाधि जितेको छ । भारतको यो जितमा प्रधानमन्त्री नरेन्द्र मोदीले टोलीका खेलाडीहरूसँग कुराकानी गरेका छन् । प्रधानमन्त्री मोदीले कप्तान रोहित शर्मासहित सबै खेलाडीलाई बधाई दिएका छन् ।

उनले विराट कोहलीसँग विशेष कुराकानी गरेका थिए । प्रधानमन्त्री मोदीको सोसल मिडिया ह्यान्डलबाट विराटको एउटा रोचक तस्बिर पनि शेयर गरिएको छ । जसमा उनी कलमा कुरा गरिरहेको देखिन्छ । यो तस्बिरसँगै एउटा रोचक क्याप्सन पनि लेखिएको छ ।

कप्तान रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । टीम इन्डिया च्याम्पियन बनेपछि कोहलीले यो आफ्नो अन्तिम प्रतियोगिता भएको बताएका छन् । प्रधानमन्त्री मोदीले यही कारणले कोहलीको विशेष पोस्ट सेयर गरेका छन् ।

उनले क्याप्सनमा लेखेका छन्, ‘तपाईसँग कुरा गर्न पाउँदा खुसी लाग्यो। तपाईंले फाइनलमा जुन प्रकारको इनिङ्स खेल्नुभयो, तपाईंले भारतीय ब्याटिङलाई उत्कृष्ट ढंगले अगाडि बढाउनुभयो । तपाई हरेक ढाँचामा चम्किनुभयो । तपाईलाई टी–२० क्रिकेटमा मिस गरिनेछ । तर म विश्वस्त छु कि तपाईले नयाँ पुस्तालाई प्रेरणा दिनुहुनेछ ।’

कोहलीको करियर अहिलेसम्म उत्कृष्ट रहेको छ । उनले दक्षिण अफ्रिका विरुद्धको टी–२० विश्वकप २०२४ को फाइनलमा भारतका लागि यादगार इनिङ खेलेका थिए । कोहलीले ५९ बलमा ७६ रन बनाए । यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे । कोहलीको यो इनिङ्सका कारण भारतले पहिले ब्याटिङ गर्दै १७६ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकी टोलीले १६९ रन मात्रै बनाउन सक्यो ।

कोहलीले टी–२० आईमा १२५ खेलमा ४१८८ रन बनाएका छन् । यस अवधिमा उनले १ शतक र ३८ अर्धशतक बनाएका छन् ।