१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको सियान-काठमाडौं सिधा हवाई उडान हुने, तिब्बत एयरलाइन्सले पुन: उडान गर्दै



अ+ अ-

काठमाडौं । आइतबारदेखि तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ रुटमा सिधा उडान पुनः सुरु गर्ने भएको छ। एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफरसमेत ल्याएको छ।

सियानबाट काठमाडौँको एकतर्फी यात्राका लागि रु १२ हजार ६०० ९६९० युयान० मात्र र सियान–काठमाडौँ–सियान दुईतर्फी यात्राको रु १८ हजार रुपैयाँ ९९९० युयान० निर्धारण गरेको छ ।

एयरलाइन्सले यो अफर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइने जनाएको छ ।

एयरलाइन्सले काठमाडौँसहित नेपालका पर्यटकीय गन्तव्यका बारेमा चिनियाँ भाषामा जानकारी दिँदै उडान सञ्चालन गर्ने जनाएको छ।

यसअघि काठमाडौँदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान पुनः सुचारु भएको छ। त्यस्तै, सांघाईबाट पनि सिधा उडानको तयारी भइरहेको छ।