• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा



काठमाडौं । प्रभु बैंकले भिजा ईन्टरनेशनलसँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आज देखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रियरुपमै व्यबसायिक कारोवारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिने बैंकले जनाएको छ ।

यो प्रभु बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनी-कर्पोरेट ग्राहकहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरीएको हो ।

यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । व्यापारिक घरानाहरू,फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार भएको र यस कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित हुने बैंकले दाबी गरेको छ ।

बिजनेस डेबिट कार्डको मदतले निम्न लिखित भुक्तानी आवश्यकताहरूलाई केन्द्रीकृत गरेर तत्काल लाभ उठाउन सकिन बैंकले उल्लेख गरेको छ ।

१. यात्रा र मनोरञ्जन आवश्यकताहरू

बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सकिन्छ । यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मदतले, टिकटहरू ९हवाई र बस० तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरु सँग खरीद गर्न सकिन्छ । यसरी व्याबसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेशन झंझट कम गर्दै अग्रिम भुक्तानहरू व्यवस्थितगर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ ।

२. कार्यालय खर्च र खरीद आवश्यकताहरू

बिजनेस डेबिट कार्डको मदतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरीदको लागि भुक्तानी गर्न सक्दछन् । उनीहरूले बिक्रेताहरूसँग राम्रो छुटको लागि सीधै कुराकानी गर्न सक्दछन् किनकि बिक्रेताले उनीहरूको बैंक खातामार्फत तुरुन्तै सुरक्षित् रुपमा भुक्तानी प्राप्त गर्दछन् ।

३.प्रशिक्षण आवश्यकताहरू

भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथ यसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मदत गर्न सक्छ । ई–कमर्स र पीओएस टर्मिनलहरू मार्फत भुक्तानी को स्वीकृतिसँग, व्यापारिक घरानाहरूले पारदर्र्शी र सजिलैसंग प्रशिक्षणको लागि भुक्तानी व्यवस्थित गर्न र भुक्तानी गर्न सक्दछन् ।

४. व्यवसाय डेबिट कार्डको साथ लाभ र मुल्य अभिवृद्धि

ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालन का लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दछ ।

प्रभु बैंकद्धारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मदतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।