४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
अ+ अ-

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर दुई हजार १९५.१० मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७२ अङ्कले ओरालो लागेर ४१९.२० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२० कम्पनीको एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता शेयर रु चार अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज वित्त क्षेत्रको शेयर मूल्यमा ३१.९३ अङ्कले गिरावट भयो । बाँकी १२ उपसमूहको शेयर मूल्य भने उकालो लाग्यो । नेप्सेका अनुसार बैंकिङ ४०.६२, व्यापार ७५।२८, होटल तथा पर्यटन ८०.१९, विकास बैंक ३१.५७, जलविद्युत् २०.४३, निर्जीवन बीमा ३७४.०८, उत्पादन ९८.४३, अन्य ५२.७७, लघुवित्त ५४.२६, जीवन बीमा ४१२.८९, सामूहिक लगानी कोष ०.११ र लगानी ३.३७ अङ्कले उकालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ३४ अर्ब ४७ करोड आठ लाख ९९ हजार ७७२ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड ३४ लाख १६ हजार ८६० बराबरको कारोबार भयो ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड २३ लाख २० हजार ४८५, एशियन लाइफ इन्स्योरेन्स रु ११ करोड ५४ लाख ७४ हजार ५००, हिमालयन डिस्टिलरी रु १० करोड ३७ लाख ७३ हजार ४०२ र नेशनल हाइड्रोपावर कम्पनी रु नौ करोड ७९ लाख १३ हजार २४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारका विभिन्न आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो । ती कम्पनीमा नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड इदी मर्दी आरबी आइड्रोपावर, स्वाभिमान लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनी छन् ।

त्यस्तै, गुडबिल फाइनान्सको ऋणपत्र ३.९४, नेशनल हाइड्रोपावर ३.३०, मल्टिप्रपोज फाइनान्स कम्पनी ३.१२, नबिल ब्यालेन्स फण्ड ३.०३ र सिन्धु विकास बैंकका लगानीकर्ताले २.९४ प्रतिशतले गुमाएका छन् ।रासस