२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पटकको च्याम्पियन वेस्ट इन्डिज पहिलो पटक एकदिवसीय विश्वकप बाहिर



अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिजले २०२३ को एकदिवसीय विश्वकप गुमाउने भएको छ । सुपर सिक्स अन्तर्गत स्कटल्यान्डसँग शनिबार भएको खेलमा पराजित भएसँगै दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिज पहिलो पटक विश्वकप गुमाउन पुगेको हो ।

जिम्बावेमा जारी विश्वकप छनोटमा सुपर सिक्सबाट शीर्ष दुईमा रहने टिममात्र छनोट हुने भएकाले वेस्ट इन्डिज शनिबारको खेलमा पराजित भएसँगै छनोट चरणबाटै बाहिरिएको हो । वेस्ट इन्डिजले टी–२० विश्वकपको समेत दुइपटकको विजेता हो ।

वेस्ट इन्डिजले सुरुवाती दुई विश्वकप जितेको थियो । उसले १९७५ र १९७९ को विश्वकप जितेको हो । साथै १९८३ मा उपविजेता समेत बनेको थियो ।

वेस्ट इन्डिज एकदिवसीय सुपर लिगमा नवौं स्थानमा रहेपछि एकदिवसीय विश्वकप छनोटमा धकेलिएको थियो । एकदिवसीय सुपर लिगमा शीर्ष ८ टिमले सोझै विश्वकपमा स्थान बनाउने गरेका छन् । १० टिमबिच एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता हुने गरेको छ ।

जित्नै पर्ने दबाब रहेको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३.५ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटिन पुग्यो । उसका लागि ज्यासन होल्डरले ४५ रन, रोमारियो सेफर्डले ३६ रन बनाउँदा निकोलस पुरनले २१ रन बनाए । त्यस्तै, साइ होपले १३ रन बनाएका थिए ।

स्कटल्यान्डले ३९ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसका लागि म्याथ्यु क्रसले सर्वाधिक ७४ रन बनाउँदै अविजित रहँदा ब्रान्डन म्यामुलेनले ६९ रन बनाए ।