२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेवनानलाई पेनाल्टीमा हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा



अ+ अ-

काठमाडौँ । भारत १४ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनल खेलमा लेवनानलाई पेनाल्टीमा ४–२ ले हराउँदै घरेलु टोली भारत उपाधि नजिक पुगेको हो ।

बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा भएको खेलको निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो ।

पेनाल्टीको पहिलो गोल भारतका कप्तान सुनील क्षेत्रीले गरे । लेवनानका हसन माटोउक गोल गर्न चुके । त्यसपछि भारतका अनवार अलीले गोल गरे । लेवनानका वालिम शोरले पनि गोल गर्दा भारत २–१ ले अघि रह्यो ।

त्यसपछि भारतका महेश सिंहले गोल गरे । यता लेवनानका मोहमद सदिकले गोल गरे । यस्तै, भारतका उदान्त सिंह कुमामले गोल गर्दा लेवनानका खालिल बदेर गोल गर्न चुकेपछि भारत ४–२ ले विजयी बन्यो ।

भारतले अब उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार नै भएको अर्को सेमिफाइनलमा बंगलादेशलाई १–० गोलले पराजित गर्दै कुवेतले फाइनलमा स्थान बनाएको हो । भारत र कुवेतबीचको फाइनल खेल मंगलबार राति ७ः४५ बजे हुनेछ ।




भर्खरै