२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेवनानलाई पेनाल्टीमा हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा



अ+ अ-

काठमाडौँ । भारत १४ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनल खेलमा लेवनानलाई पेनाल्टीमा ४–२ ले हराउँदै घरेलु टोली भारत उपाधि नजिक पुगेको हो ।

बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा भएको खेलको निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो ।

पेनाल्टीको पहिलो गोल भारतका कप्तान सुनील क्षेत्रीले गरे । लेवनानका हसन माटोउक गोल गर्न चुके । त्यसपछि भारतका अनवार अलीले गोल गरे । लेवनानका वालिम शोरले पनि गोल गर्दा भारत २–१ ले अघि रह्यो ।

त्यसपछि भारतका महेश सिंहले गोल गरे । यता लेवनानका मोहमद सदिकले गोल गरे । यस्तै, भारतका उदान्त सिंह कुमामले गोल गर्दा लेवनानका खालिल बदेर गोल गर्न चुकेपछि भारत ४–२ ले विजयी बन्यो ।

भारतले अब उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार नै भएको अर्को सेमिफाइनलमा बंगलादेशलाई १–० गोलले पराजित गर्दै कुवेतले फाइनलमा स्थान बनाएको हो । भारत र कुवेतबीचको फाइनल खेल मंगलबार राति ७ः४५ बजे हुनेछ ।